शिक्षकहरूको मागलाई वार्ताबाट समाधान गर्न मानव अधिकार आयोगकाे आग्रह

वैशाख ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
शिक्षकहरूको मागलाई वार्ताबाट समाधान गर्न मानव अधिकार आयोगकाे आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकहरूको मागलाई वार्ताबाट समाधान गर्न आग्रह गरेको छ ।

आयोगले हिजो विज्ञप्ति जारी गरी शिक्षकको आन्दोलन लम्बिँदै गए एसईई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालबालिकाको भर्ना अभियान समेत प्रभावित हुने देखिएको भन्दै वार्ताबाट समाधान खोज्न भनेको हो ।

शिक्षकसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।

विद्यालयका शिक्षकशिक्षिकाहरूले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकुल नै हुने भन्दै आयोगले आफ्ना मागहरु सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय भएको उल्लेख विज्ञप्तिमा गरेको छ । 

विद्यालयहरू बन्द हुँदा बालबालिकाको शिक्षाको अधिकारको सुनिश्चितामा बाधा उत्पन्न हुने देखिएको आयोगको ठहर छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.