वीरगन्जमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी

वैशाख १, २०८२ |कान्तिपुर टीभी संवाददाता
वीरगन्जमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा जारी कर्फ्यु हटाएर निषेधाज्ञाको आदेश जारी गरेको छ । स्थानीय प्रशासनले चैत्र ३१ गते १२ बजेसम्मका लागि जारी गरेको कर्फ्यु आदेश हटाएर आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

वीरगन्जमा चैत्र ३० गते हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्राको क्रममा दुई पक्षबीच झडप भएपछि उत्पन्न असहज परिस्थितिलाई नियन्त्रणमा लिन सोही दिन साँझ प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । तर, हिजो जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय बैठकमा विवाद समाधान गर्ने सहमति भएपछि प्रशासनले कर्फ्यु हटाएको हो । 

तर दुई पक्षबीचको विवादले उत्पन्न असहज परिस्थिति सामान्य भइनसकेको भन्दै अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा तोकिएको क्षेत्रमा भेला, सभा, जुलुस, प्रदर्शन, सम्मेलन जस्ता कार्यलाई निषेध गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.