भक्तपुर । नयाँ वर्षको पूर्वसन्ध्यामा भक्तपुरमा ऐतिहासिक र सांस्कृतिक सम्पदा अवलोकन गर्ने आन्तरिक पर्यटक बढेका छन् । नयाँ वर्षको छेको पारेर प्रसिद्ध बिस्का जात्रा समेत लागिरहेकाले भक्तपुरमा आन्तरिक पर्यटकको भीड लागेको हो ।
भक्तपुर दरबार क्षेत्र लगायतका पर्यटकीय गन्तव्य आन्तरिक पर्यटकले भरिभराउ छन् । त्यस्तै काठमाडौं र पोखरापछि धेरै पर्यटक पुग्ने चितवनमा नयाँ वर्षको स्वागतमा घुमघाम गर्ने आन्तरिक पर्यटक भरिभराउ छन् ।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको सौराहा, नारायणगढ, भरतपुर, देवघाट क्षेत्रमा आन्तरिक पर्यटक ठूलो संख्यामा पुगेका छन् ।
त्यस्तै देशभरका अन्य पर्यटकीय गन्तव्यमा पनि नयाँ वर्ष पारेर अवलोकन गर्ने आन्तरिक पर्यटकको भीड छ । होटलहरूको अक्कुपेन्सी बढेकाले व्यवसायीहरू खुशी भएका छन् ।