चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ वर्षमा नयाँ सरकार बन्ने सम्भावना रहेको दाबी गर्नुभएको छ । आज चितवन पुगेका अध्यक्ष दाहालले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो ध्यान नभए पनि नयाँ वर्षमा नयाँ सरकार बन्ने वातावरण बन्दै गइरहेको दाबी गर्नुभयो ।
उहाँले ठूलो दलको हैसियतमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष दाहालले राष्ट्रको आवश्यकता अनुसार नयाँ वर्ष २०८२ मा नयाँ संकल्पका साथ अघि बढ्न जरुरी रहेको बताउनुभयो ।