मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु, २ घाइते

चैत्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु, २ घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–५, दरदरामा आइतबार दिउँसो चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । चट्याङ लागेर २ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार दिउँसो ३ बजेर ४० मिनेटको समयमा मनहरी–५, दरदरामा चट्याङ लागेर स्थानीय २८ वर्षीय अविरल थिङको मृत्यु भएको हो । चट्याङ लागेर ५६ वर्षीय सिंहबहादुर थिङ र १० वर्षीय सौगात गोले घाइते भएका छन् । सिंहबहादुरको अवस्था मध्यम रहेको र उहाँलाई उपचारका लागि चितवन लगिएको प्रहरीले जानकारी दिएको छ । 

सिंहबहादुर मृतकका बाबु भएको प्रहरीको भनाइ छ । यस्तै चट्याङ लागेर सामान्य घाइते भएका सौगात गोले मृतक अविरलका सानीआमाको छोरा भएको प्रहरीले जानकारी दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.