नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्किवासमा १० घण्टादेखि अवरुद्ध राजमार्ग सञ्चालनमा आएको छ । शनिबार बिहानको वर्षाले विनयी खोलामा रहेको डाइभर्सन बगाएपछि यातायात अवरुद्ध भएको थियो ।
खोलामा पानीको सतह घटेपछि नयाँ डाइभर्सन निर्माण गरेर राति ९ बजेबाट यातायात सञ्चालन गरिएको हो । डाइभर्सनबाट एकतर्फी यातायात सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक बन्जराले बताउनुभयो ।
सडक सञ्चालन भएपछि १० घण्टादेखि जाममा परेका यात्रु गन्तव्यतर्फ लागेका छन् । पुस २६ गते दुम्किवासमा रहेको विनयी खोलामा अत्यधिक भार बोकेको भारतीय लरीले पुलमा ठक्कर दिएपछि पुल भासिएको थियो । पुल भासिएपछि डाइभर्सन निर्माण गरिएको थियो ।