काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण देशभर मौसममा बदली आउनुका हल्कादेखि मध्यम वर्षा भएको छ । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा इलाममा सबैभन्दा धेरै ११० मिलिमिटर पानी परेको छ । त्यस्तै, सर्लाहीमा ८९, पर्सामा ७३, उदयपुरमा ७१, सप्तरीमा ६६ र रौतहटमा ६५ मिलिमिटर पानी परेको छ ।
यस्तै, काठमाडौं उपत्यकामा सबैभन्दा बढी कीर्तिपुरमा २९ मिलिमिटर पानी परेको छ, जसका कारण उपत्यकाको वायु प्रदूषणमा केही कमी आएको छ । महाशाखाले देशभर हल्कादेखि मध्यम वर्षाको क्रम आज राति पनि जारी रहने जनाएको छ । यस्तै देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासँगै हिमपात भएको छ ।
लामो खडेरीपछि आएको पानीले किसानलाई राहत मिलेको छ । खडेरीले अन्नबाली र खेत बारीमा सुक्खापन बढिरहेका बेला परेको पानीले किसानलाई ठूलो राहत मिलेको हो ।
विस्तृत रिपोर्ट भिडिओमा :