कान्तिपुर टेलिभिजन संवाददाता पाख्रिन सम्मानित

चैत्र २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर टेलिभिजन संवाददाता पाख्रिन सम्मानित

काठमाडौं । नवलपुर भ्याली स्कुलले कान्तिपुर टेलिभिजनकी सिन्धुपाल्चोक संवाददाता कमला पाख्रिनलाई सम्मान गरेको छ । पत्रकारिताका माध्यमबाट विपद्‌मा स्थलगत रिपोर्टिङ, शिक्षा, स्वास्थ्य र सिन्धुपाल्चोकको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएकामा सम्मान गरेको हो ।

आम नागारिकले भोगेका जोखिमपूर्ण सडक यात्रा, किसानले मल नपाउँदाको दुःख, स्वास्थ्यसेवाको पहुँचबाट टाढा नागारिकका मर्का र तातोपानी नाकाको समस्याको विषयमा सरोकारवालालाई समाचार मार्फत खबरदारी गरेको र जिल्लाको पर्यटकीय क्षेत्रको प्रचार प्रसारले पर्यटनमा टेवा पुगेको सम्मान कार्याक्रमका संयोजक सरोज ढुंगानाले बताउनुभयो ।

पाख्रिन सहित भ्याली स्कुलको अविभावक दिवस, दीक्षान्तर सम्मान समरोहमा शिक्षातर्फ दुर्गा थापा, कलकारितातर्फ कृष्णप्रसाद धिताल र साहित्यबाट देवीप्रसाद चापागाईं सम्मानित भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.