सिरहामा दलितमाथि ज्यादती घटनामा एसपी रमेश पण्डितलाई हेडक्वाटर तानियो

चैत्र १३, २०८१ |विनय आजाद
सिरहामा दलितमाथि ज्यादती घटनामा एसपी रमेश पण्डितलाई हेडक्वाटर तानियो

काठमाडौं । महायज्ञको नाममा सिरहाको औरही गाउँपालिका ५ मा रहेको दीपक मल्लिकको घर भत्काइएको विषयमा प्रहरी प्रशासनको कमीकमजोरी देखिएको भन्दै सिरहाका प्रहरी प्रमुख रमेश पण्डित काठमाडौंस्थित हेडक्वाटर तानिनु भएको छ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक पण्डितलाई हेडक्वाटर तानेको हो । सिरहामा नयाँ प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक अनन्तराज शर्मालाई पठाइएको गृहमन्त्री रमेश लेखकको सचिवालय स्रोतले जनाएको छ ।

सिरहाको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि ज्यादती भएको घटनामा प्रशासनको आलोचना भएपछि गत शुक्रबार सिरहाका तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल पनि गृह मन्त्रालय तानिनुभएको थियो ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।