संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

चैत्र १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

बैठकको प्रारम्भमै आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दललाई जवाफ दिँदै हुनुहुन्छ । प्रमुख प्रतिपक्षी दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई पदमुक्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ मागी लगातार संसद्‌मा अवरोध गर्दै आएका छन् । 

प्रधानमन्त्रीले पछिल्ला घटनाक्रमबारे पनि सम्बोधन गर्दै हुनुहुन्छ ।

आजको बैठकमै महत्त्वपूर्ण ५ वटा प्रतिस्थापन विधयेक छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.