भक्तपुर । गत आर्थिक वर्षमा वातावरण, संस्कृति र पर्यटन क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ सम्मानित हुनुभएको छ । नेपाल नगरपालिका संघको ३२ औं स्थापना दिवसको उपलक्ष्यमा मध्यपुर थिमिले मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ समेत प्राप्त गर्यो ।
नगरप्रमुख श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्नुभएको थियो । नगरपालिका संघले देशभर ४ वटा विधामा ४ नगरपालिकालाई सम्मान गरेको छ । जसमध्ये मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा वातावरण , संस्कृति र पर्यटन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ प्राप्त गरेको हो ।
मध्यपुर थिमि नगरपालिकाले संस्कृति सम्पदा संरक्षण गर्दै नगरभित्रका विभिन्न ऐतिहासिक मठमन्दिर, पाटी पौवा,सटल, देव घर, चैत्य, विहार लगायतका सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार कार्यलाई निरन्तरण दिँदै आएको छ । यस्तै पर्यटन विकासका निम्ति विभिन्न समयमा मेला महोत्सव गदै केही समय अगाडि मात्रै मध्यपुर महोत्सव गर्दै पर्यटन क्षेत्र विकासमा महोत्त्वपूर्ण योगदान गरेको छ भने पहिरो रोकथामका निम्ति नीलबराही क्षेत्रमा तीन हजार विरुवा रोपेको थियो ।
यस्तै सडक सरसफाई तथा मनोहरा क्षेत्रको पर्यवरण संरक्षण गर्दै आएका विषयलाई आधार बनाएर संघले मूल्यांकन गरी सम्मान गरेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।