डढेलो गाउँ पस्दा ६ घर जले, हावाहुरीले आगो अनियन्त्रित

गाउँलेको भागाभाग
चैत्र ७, २०८१ |उत्तम चौलागाईं
डढेलो गाउँ पस्दा ६ घर जले, हावाहुरीले आगो अनियन्त्रित

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा डढेलोबाट ६ घर जलेर नष्ट भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको गणेशटारस्थित तेर्सालुङ सामुदायिक वनमा बिहीबार लागेको डढेलो गाउँ पस्दा चुमाखुका घनश्याम राई, दाप्सामाका पूर्णबहादुर राई र जगबहार राई तथा दिलकुममारी राईको मतान लगायत आगोले जलेर नष्ट भएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार डढेलोले चारैतिरबाट बस्ती घेरेकाले जोखिम बढेको छ । “डढेलोले गाउँ घेरेको छ, आगो नियन्त्रणबाहिर छ”, गिरीले भन्नुभयो, “सुरक्षाकर्मी, जनप्रतिनिधि, नगरप्रहरी र स्थानीयको प्रयासले आगो नियन्त्रणको प्रयास गरिरहेका छौं, तर सकिरहेका छैनौं ।” 

आगो सल्किएसँगै गाउँलेको भागाभाग भएको छ भने हुरिबतास चलिरहेकोले ठूलो आपत्ति आइलागेको उहाँको भनाइ छ । 

सो स्थानमा फोन नचल्ने भएका कारण तथ्यांक संकलनमा गाह्रो भएको प्रवक्ता गिरीको भनाइ छ ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement