खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर –५ दुर्छिमको गणेशटारस्थित जंगलमा लागेको भीषण डढेलो बस्तीमा छिरेको छ । हालसम्म ६ घर जलिसकेको छ भने अन्य घर जोगाउन मुस्किल भएको नगर उपप्रमुख रमेशकुमार राउतले जानकारी दिनुभयो ।
बतास चलेको र आगो अनियन्त्रित अवस्थामा रहेको उहाँको भनाइ छ ।