त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचन आज, १५ वटामा भने अनिश्चित

प्रतिस्पर्धामा २५ विद्यार्थी संगठन
चैत्र ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचन आज, १५ वटामा भने अनिश्चित

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयका ४७ वटा आंगिक तथा २५० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसहरूमा आज एकसाथ स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । मतदानका लागि बिहान आठ बजेदेखि दिउँसो चार बजेसम्मको समय तोकिएको छ ।

स्ववियु निर्वाचन केन्द्रीय समितिका अनुसार राजनीतिक दल निकट २५ विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थीको समूहले निर्वाचनमा भाग लिएका छन्। २ वटा आंगिक तथा ८५ वटाभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु नेतृत्व निर्विरोध चयन भइसकेका छन् ।

२०१८ सालदेखि सुरु भएको स्ववियु निर्वाचन २०६५ सालसम्म नियमित भएको थियो । २०६५ देखि २०७३ सालसम्म स्ववियु निर्वाचन हुन सकेन । ७३ सालमा उपत्यकाका ९ वटा र उपत्यकाबाहिर १७ वटा क्याम्पसमा मात्रै भएको थियो । २०७९ मा ५० वटा आंगिक र तीन सय सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन भएको थियो ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार यसपटक पनि काठमाडौंका ६ र बाहिरका ९ क्याम्पसमा निर्वाचन अनिश्चित बनेको छ । बाँकीमा भने निर्वाचनको तयारी छ । देशैभरका क्याम्पसहरूमा स्ववियु निर्वाचनको तयारी र अवस्थाबारे कान्तिपुर संवाददाताहरूले तयार पारेको सामग्री ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement