आज होली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

फाल्गुन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
आज होली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

काठमाडौं । आज रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा । आज पहाडी जिल्ला र भोलि तराईका जिल्लामा हर्षोल्लासका साथ रङ खेलेर र खुसी साटासाट गरेर यो पर्व मनाउने गरिन्छ । बसन्त ऋतुको आगमनसँगै मनाइने होली पर्व मुलुकभर हर्षोल्लासपूर्वक मनाइन्छ ।

काठमाडौंको वसन्तपुरमा चीर ठड्याएपछि एक साताअघि सुरु भएको होलीको आज विशेष दिन हो । असत्यमाथि सत्यको विजयको प्रतिकको रुपमा ठड्याइएको चिरलाई आज टुँडीखेलमा विर्सजन गर्ने चलन छ ।

एकआसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको धार्मिक, सांस्कृति र सामाजिक महत्वसमेत रहेको छ ।

आसुरी शक्तिकी द्योतक होलिकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिन्छ ।

होलीमा रङ र अबिर एक–आपसमा लगाउने गरिए पनि आजभोलि पानी छ्यापेर होली खेल्ने चलन पनि बढेको छ । 

प्रशासनले होलीमा हुलहुज्जत नगर्न र आपराधिक गतिविधिबाट सचेत रही सुरक्षित ढंगले होली पर्व मनाउने आह्वान गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement