काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४ किलो सुन सहित उज्वेकिस्तानका चार जना नागरिक पक्राउ परेका छन् ।
फ्लाई दुवईको उडानबाट आएका तिन महिला र एक पुरुषको साथबाट सुन बरामद भएको हो । पक्राउ पर्नेमा ४९ वर्षकी फेजिभा साउदत , ४८ वर्षिया अख्मेदोभा उमेदा, ५४ वर्षिया मारिफालिभा दिलफुजा र ४१ वर्षिय तुरसुनोभ सारेदोर रहेका छन् ।
उज्वेकिस्तानका नागरिक मार्फत सुन तस्करी गर्ने समुह भने खुलेको छैन । पक्राउ परेका आरोपीहरुलाई थप अनुसन्धानका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयलाई बुझाएको छ ।