काठमाडौंसहित देशका धेरै भागमा भूकम्पको धक्का, सिन्धुपाल्चोक केन्द्रबिन्दु

फाल्गुन १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंसहित देशका धेरै भागमा भूकम्पको धक्का, सिन्धुपाल्चोक केन्द्रबिन्दु

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न ठाउँमा भुइँचालोको धक्का महसुस भएको छ । बिहान २ बजेर ५१ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको भैरव कुण्ड क्षेत्रमा रहेको जनाइएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्प ६ दशमलब १ म्याग्निच्युडको रहेको जनाएको छ ।

भूकम्पले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरो गएको छ भने कोदारीस्थित इलाका प्रहरी कार्यालयमासामान्य क्षति पुगेको छ । भूकम्पलेकोदारीस्थित प्रहरी चौकीमा सामान्य क्षति पुगेको सिन्धुपाल्चोकका प्रमुख जिल्लाअधिकारी किरण थापाले जानकारी दिनुभयो । थप विवरण आउने क्रम जारी रहेको उहाँलेबताउनुभयो । 

यस्तै, जिल्ला कारागारसिन्धुपाल्चोकमा हामफालेर भाग्ने क्रममा एक जना कैदी घाइते भएको जिल्ला प्रशासनकार्यालयले जनाएको छ । भूकम्पले भोटेकोशी वडा नम्बर-३ स्थित दुगुनागढीमा पहिरो गएको भोटेकोशीगाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पालेजानकारी दिनुभयो ।

पश्चिममा गुल्मी, कास्की गोरखादेखि पूर्व झापासम्मको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हाम्रा संवाददाताहरुले जनाएका छन् । सिन्धुपाल्चोक, दोलखा, खोटाङसहितका जिल्लामा भूकम्पपछि मानिसहरु घरबाहिर निस्किएका थिए । दोलखामा भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको र जनजीवन समान्य रहेको हाम्रा स‍ंवाददाता केदार सिवाकोटीले जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement