माैसम बदलीसँगै बाजुरामा वर्षा

फाल्गुन १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
माैसम बदलीसँगै बाजुरामा वर्षा

बाजुरा । बाजुरामा बिहीबार दिउँसो हावाहुरीसँगै मौसम बदली भएपछि वर्षा सुरु भएको छ । 

आज दिउँसो २ बजेबाट मौसम बदलीपछि वर्षा भएको हो । वर्षा हुँदा पाक्न लागेको गहुँ बाली र कृषकले लगाएको तरकारी खेतीलाई समेत राहत पुगेको स्थानीय कृषक बडीमालिका नगरपालिका ३ का कमल रावलले बताउनु भयो । चैत महिनामा धान खेतीका लागि गोरु जोत्न समस्या भएका बेला वर्षा भएपछि राहत पुगेको उहाँले बताउनु भयो ।

मौसम बदलीपछि वर्षा हुँदा किसानलाई राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम सहानीले बताउनु भयो ।

कृषकहरूले फलफुल लगाएको, अन्य अन्न वाली लगाउन र गहुँ बाली समेत सप्रने हुँदा वर्षाले राहत पुगेको बताएका छन् । सुख्खा मौसमका कारण कृषकले लगाएका नगदे तथा खाद्यान्न बालीका लागि राहत मिलेको छ ।

मौसम बदलीसँगै वर्षा भएपछि उच्च लेकाली भेगका बडीमालिका,बुढीनन्दा,रानीसैन,खप्तड,पोरखे लगायतका क्षेत्रमा सामान्य रुपमा हिमपात भईरहेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement