जन्ती पुर्याएर फर्केको बस काभ्रेको तेमालमा दुर्घटना हुँदा एक जनाको मृत्यु

फाल्गुन ८, २०८१ |पुजन धिताल
जन्ती पुर्याएर फर्केको बस काभ्रेको तेमालमा दुर्घटना हुँदा एक जनाको मृत्यु

काभ्रे । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा वडा न ३ कुन्डोलमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।

आज बिहान करिब ६ बजेको समयमा तेमाल गाउँपालिका वडा न ३ कुन्डोलमा धादिङबाट विवाहको जन्ति पुर्‍याएर फर्कने क्रममा ना ४ ख ८८१७ खाली बस टर्निङमा व्याक गर्ने क्रममा सडकबाट अन्दाजी २०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परी तेमाल गाउँपालिका वडा न १ बस्ने ५० वर्षका राम सिङ तामाङ घटना स्थलमा मृत्यु भएको हो । 

सवारी चालक मकवानपुर जिल्ला बागमति गाउँपालिका बस्ने कृष्ण ब्लोन गम्भिर घाइते हुनुभएको छ । घाइतेको उपचारको लागी धुलीखेल अस्पताल ल्याइएको काभ्रे प्रहरीका सूचना अधिकारी मीन बहादुर घलेले जानकारी दिनुभयो ।

घटना स्थलमा पचुवारघाट प्रहरी चौकीको प्रहरी र पाँचखाल प्रहरी चौकीको प्रहरी परीचालित छन् ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement