केआईआईटी अध्ययनरत ७५ नेपाली विद्यार्थी रानी नाका हुँदै स्वदेश फिर्ता

फाल्गुन ७, २०८१ |सुशीला पाठक
केआईआईटी अध्ययनरत ७५ नेपाली विद्यार्थी रानी नाका हुँदै स्वदेश फिर्ता

मोरङ । भारतको ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत ७५ जना नेपाली विद्यार्थी विराटनगरको रानी नाका हुँदै स्वदेश फर्किएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज ७५ जना विद्यार्थी फर्किएका जानकारी दिनुभयो ।

यसअघि मंगलबार तीन जना विद्यार्थी घर फर्किएका थिए । रानी नाका प्रशासनले स्वदेश फर्किएका विद्यार्थीलाई घर पठाउन सहजीकरण पनि गरेको थियो ।

केआईआईटीको छात्रावासमा बुटवलकी प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थितिले असहज बनेपछि विद्यार्थी विश्वविद्यालय छाडेर घर फर्किएका हुन् ।

स्वदेश फर्किएका विद्यार्थीहरूमा मोरङका ३६ जना, सप्तरीका १६ जना, सुनसरीका ११, काठमाडौं र सिरहाका ३-३, सर्लाही र धनुषाका २-२, ललितपुरका १ र उदयपुरका १ जना रहेका छन् । 


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement