खोटाङको हलेसी बजारमा भीषण आगलागी

फाल्गुन ४, २०८१ |उत्तम चौलागाईं
खोटाङको हलेसी बजारमा भीषण आगलागी

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भीषण आगलागी भएको छ । आइतबार साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलबाट आगो लाग्न सुरू भएको हो ।

स्थानीयवासी तथा प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि आगो नियन्त्रणबाहिर रहेको वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । आगालागीबाट दुई घर पूर्णरूपमा जलिसकेको र आगो नियन्त्रणमा नआए अन्य १० घर जोखिममा रहेको बताइएको छ । स्थानीय पदम राई र आइराख राईका घर जलिसकेका छन् ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।