धनगढी । धनगढीमा एक किशोरीमाथि जबरजस्ती करणी भएको छ ।
धनगढीको एक विद्यालयमा आधारभूत तहमा अध्ययनरत बाजुराकी १४ वर्षीया किशोरीमाथि १८ वर्षीय युवकबाट जबरजस्ती करणी भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साँझ विद्यालयबाट फर्कने क्रममा ती किशोरीमाथी युवकले चक्कु देखाएर तर्साउँदै आफ्नो घरमा लगेर करणी गरेका थिए ।
किशोरी आफैंले शनिबार किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । ‘तीन दिनअघि बिहीबार साँझको घटना हो । घटना बारे थप अनुसन्धान भइरहेको छ । आरोपित युवक फरार छन् । उनको खोजी गरिरहेका छौं,’ कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराले भन्नुभयो ।