नेपाल कानुन व्यवसायी परिषद्को निर्वाचन परिणाम सार्वजनिक

माघ २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल कानुन व्यवसायी परिषद्को निर्वाचन परिणाम सार्वजनिक

काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद्को पार्षद् निर्वाचन २०८१ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

नेपाल कानुन व्यवसायी परिषद्को निर्वाचन समन्वय समितिले निर्वाचन परिणामको घोषणा गर्दै विजयी उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो ।

कोशी प्रदेशबाट राज ढकाल ४ सय ५० मतसहित विजयी हुनुभएको छ । मधेश प्रदेशमा संजीव कुमार मल्लिकले २७१ मत प्राप्त गर्दै जित हासिल गर्नुभएको छ ।

यसैगरि बागमती प्रदेशमा रवि नारायण खनालले २४४९ मत प्राप्त गरि विजय प्राप्त गर्नुभएको छ । साथै गण्डकी प्रदेशमा दयाराम गौतम विजयी हुनुभएको छ भने लुम्बिनी प्रदेशमा इश्वरी प्रसाद ज्ञवालीले ४३८ मत प्राप्त गर्दै विजय हासिल गर्नु भएको छ ।

कर्णाली प्रदेशमा मातृका प्रसाद खनाल ७३ मत प्राप्त गरेर विजयी हुँदा सुदूरपश्चिम प्रदेशमा टेक बहादुर कठायत विजयी हुनुभएको छ ।

निर्वाचन समन्वय समितिले विजयी उम्मेदवारलाई बधाई प्रदान गर्दै निर्वाचनमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद पनि दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement