सप्तरीमा ७ क्विन्टल गाँजा बरामद

माघ २६, २०८१ |आरएन विश्वास
सप्तरीमा ७ क्विन्टल गाँजा बरामद

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका-३ बाट प्रहरीले ७ क्विन्टल ११ केजी गाँजा बरामद गरेको छ ।

भारततर्फ तस्करी गर्न लागेको अवस्थामा प्रहरीले गाडी चेकजाँच गर्नेक्रममा यति ठूलो मात्रामा गाँजा बरामद गरेको हो ।

गस्तीमा खटिएको प्रहरी टाेलीले गाँजा भरिएको स्कारपियाे गाडीसमेत नियन्त्रणमा लिएको छ ।  

'राति साढे १ बजे गाडीहरु चेकजाँच गरिरहेको अवस्थामा गाडीका चालकसहित तस्करहरु भाग्न सफल भए । रातिको समय भएकाले तस्करहरु भागे । गाडी र गाँजा भने नियन्त्रणमा लियौं,' जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयाे ।

यसअघि सप्तरीको बलानबिहुल गाउँपालिका-१ को बलानपट्टीबाट प्रहरीले गत पुस २३ गते ६ सय ७० किलो गाँजा बरामद गरेको थियो भने गत मंसिर ३ गते १ हजार ७ सय किलो गाँजा बरामद गरेको थियो ।

प्रतिवन्धित गाँजा तस्करी नियन्त्रणको क्रममा प्रहरीले सफलता पाइरहे पनि तस्कर गिराेहसम्म पुग्न भने सकेकाे छैन । प्रहरी उपरीक्षक खतिवडाले विभिन्न काेणबाट अनुसन्धान भइरहेको र तस्कर गिराेहकाे खाेजी भइरहेकाे बताउनुभयाे ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement