काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । खानेपानी मन्त्रालयमा मन्त्रीको कार्यकक्षमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
आगलागीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुई जना कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएको छ । यस्तै, सुरक्षागार्डसँग सोधपुछ र सिसी क्यामेरा हेरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिंहदरबारमा कार्यरत डीएसपी दिनेश घिमिरेले आगो नियन्त्रणमा आइसकेको जानकारी दिनु भयो । आगलागीबाट मन्त्रीको कार्यकक्ष पूर्ण रुपमा क्षति भएको छ । मन्त्रीकक्षका चार वटै कोठा अगलागीबाट पूर्णरुपमा जलेको छ ।