मोरङ । तत्कालीन एक नम्बर प्रदेश सभाको बैठक २०७४ साल माघ २२ गते बसेको दिनलाई कोशी प्रदेश सभाले स्थापना दिवसका रूपमा मनाउँदै आएको छ । प्रदेश सभाको यो सात वर्षे कार्यकालमध्ये पहिलो कार्यकालमा प्रदेशको राजधानी विराटनगर तोकिए पनि प्रदेशको नामाकरण हुन सकेन ।
पहिलो कार्यकालमा नेकपा एमालेको स्पष्ट बहुमत भए पनि एकतापछिको फुटले तीन जना मुख्यमन्त्री भए । दोस्रो कार्यकालमा प्रदेशको नामाकरण गर्ने बाहेक उल्लेखनीय काम देखिएको छैन । दोस्रो प्रदेश सभाको दुई वर्षे कार्यकालमा १३ वटा विधेयक पारित भए । दुई वर्षे कार्यकालमा ६ पटक मुख्यमन्त्री फेरिए भने दुई जना सभामुख प्रदेश सभाले बनायो ।
राजनीतिक अस्थिरताका कारण यो दुई वर्षे कार्यकालमा प्रदेश सभाको एउटा विशेष अधिवेशन र ६ वटा अधिवेशन बसेका छन् ।
विस्तृत रिपोर्ट भिडिओमा :