अछाम दुई किशोरी मृत्यु प्रकरण : यौन प्रस्ताव अस्वीकार गर्दा हत्या भएको प्रहरीको निष्कर्ष

माघ १९, २०८१ |खम्म खत्री
अछाम दुई किशोरी मृत्यु प्रकरण : यौन प्रस्ताव अस्वीकार गर्दा हत्या भएको प्रहरीको निष्कर्ष

अछाम । अछामको ढकारी गाउँपालिका- ८ कि सरस्वती खड्का र ईशरा खड्काको हत्या भएको अछाम प्रहरीले पुष्टि गरेको छ । यौन प्रस्ताव अस्वीकार गर्दा सरस्वती र ईशराको हत्या भएको प्रहरीले पुष्टि गरेको हो ।

घटनाबारे अछाम प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । १७ र १५ वर्षका दुई जना किशोरले उनीहरूको हत्या गरेको खुलेको हो । उनीहरूले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् ।

पक्राउ परेकाहरूलाई ज्यान मार्ने कसुरमा जिल्ला अदालत अछामबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । गत माघ ११ गते घरबाट बाख्रा चराउन गएका दुई जना किशोरी मृत फेला परेका थिए ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement