कञ्चनपुर । नेपाली कांग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला पर्नुभएको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका-१८ स्थित वडा कार्यालय नजिकैको सडकमा घोप्टो परेको अवस्थामा आज बिहान उहाँको शव फेला परेको हो ।
घटनास्थलमा प्रहरी टोली पुगेर घटनाबारे अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभएको छ । करिब ४० वर्षीय कलौनीको मृत्यु रहस्यमय देखिएकाले सत्य तथ्य जाँचबुझ गर्नुपर्ने चौतर्फी माग भइरहेको छ । यता, घटनाबारे थाहा पाए लगत्तै प्रहरीले अनुसन्धान थालेको छ ।
प्रहरीले हाल घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान गरिरहेको छ भने शव परीक्षणका लागि पठाउने तयारी गरेको छ ।