अछाममा किशोरी मृत्यु प्रकरणमा दुई युवक पक्राउ

माघ १४, २०८१ |खम्म खत्री
अछाममा किशोरी मृत्यु प्रकरणमा दुई युवक पक्राउ

अछाम । अछामको ढकारीमा किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जना युवकलाई नियन्त्रणमा लिएको छ । आईतबार बेलुका अछामको ढकारी गाउँपालिकाबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्ने दुवै जना २० वर्षभन्दा कम उमेरका छन् । ढकारी गाउँपालिका ८ कि १५ वर्षिया सरस्वती खड्का र १४ वर्षया इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी शव फेला परेको थियो ।

शुक्रबार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनबाट सम्पर्कविहीन भएका थिए । शनिबार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरेका छन् । परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनको लागि स्थानीय प्रशासनसँग माग गरेका छन् । 

शव क्षतविक्षत अवस्थामा अलग अलग ठाउँमा फेला परेको थियो ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement