काभ्रे । धुलिखेल नगरपालिका वडा ९ काभ्रेभञ्जयाङमा सन्चालित एक काष्ठ उद्योगमा आगलागी भएको छ ।
धुलिखेल नगरपालिका र नमोबुद्ध नगरपालिकाको दुईवटा दम्कल तथा स्थानीयबासिहरूको सक्रियतामा आगोलाई नियन्त्रणमा लिने प्रयास भईरहेको छ । साथै श्री कालिजंग गण धुलिखेलबाट पर्शुराम शाक्यको कमान्ड सहितको टोली पनि खटिएको छ । आगो नियन्त्रणमा आई नसकेकाले उद्योगसँगै रहेका घर जोखिममा रहेको स्थानीयले बताएका छन् ।
धुलिखेल स्थित श्याम प्रसाद दहालले संचालन गर्दै आएको श्याम सुन्दर फर्निचर सेन्टरमा बिजुलीको लाईन सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ ।