रुपन्देहीमा रविविरुद्ध मुद्दाको थुनछेक बहसमा जाहेरवालातर्फका वकिलको बहस सकियो

माघ ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
रुपन्देहीमा रविविरुद्ध मुद्दाको थुनछेक बहसमा जाहेरवालातर्फका वकिलको बहस सकियो

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रूपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहसमा आज जाहेरवाला तर्फका वकिलहरूको बहस सकिएको छ ।

हिजो बिहानदेखि चलेको थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर आज ११ बजेबाट सुरू भएको थियो । आज जाहेरवालाका २ जना वकिलले थुनछेक बहस गरेका छन् । प्रतिवादीका तर्फबाट थुनछेक बहस केहीबेरमा सुरू हुने जिल्ला अदालत रूपन्देहीका स्रेष्तेदार यज्ञमूर्ति ज्ञवालीले बताउनुभयो । रविका तर्फबाट बहस गर्न १० जना अधिवक्ताले नाम टिपाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement