काठमाडौं । खाद्य अधिकार सुनिश्चत गर्न उत्पादन वृद्धिलाई प्राथमिकता दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा वक्ताहरूले संविधानले खाद्य अधिकारलाई आधारभूत मानवअधिकारका रूपमा स्विकारे पनि त्यस अनुसार उत्पादन र पहुँचमा सरकारले ध्यान दिन नसकेको बताए ।
जलवायु परिवर्तन, स्रोतको सीमितता र सामाजिक तथा आर्थिक असमानता जस्ता चुनौतीको सामना गर्दै कृषिमा लगानी बढाउनुपर्नेमा सरोकारवालाहरूको जोड छ । कार्यक्रममा कृषिमन्त्री रामनाथ अधिकारीले सरकारले किसान र कृषिलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको थियो ।