उपल्लो मुस्ताङका १५ वटा हिमाल आरोहणका लागि खुला

माघ ९, २०८१ |घनश्याम खड्का
उपल्लो मुस्ताङका १५ वटा हिमाल आरोहणका लागि खुला

म्याग्दी । बाह्य पर्यटकका लागि अर्धनिषेधित उपल्लो मुस्ताङमा पर्ने १५ वटा हिमालचुलीहरू सरकारले पर्वतारोहणका लागि खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुस २२ गते राजपत्रमा सूचना प्रकाशित गरी उपल्लो मुस्ताङका १५ वटा सहित देशभरका ५७ वटा हिमाल आरोहण खुला गरेको हो ।

उपल्लो मुस्ताङको लोमन्थाङ नजिक पर्ने नेपाल–चीन सीमावर्ती कोरला नाकादेखि पश्चिम नेपालतर्फ देखिने सबैभन्दा अग्लो मुस्ताङ हिमशृंखला अन्तर्गतका लोमन्थाङ गाउँपालिकामा पर्ने ज्याङ्लाटिन्पु पीक, के क्याप रि पहिलो र दोस्रो, छुआमा पीक पहिलो, दोस्रो, तेस्रो र चौथो चुङ्गेन चाङ्गम, घ्युन हिमाल पहिलो, दोस्रो र तेस्रो मनसयल पूर्व र मुस्ताङ हिमाल आरोहणका लागि खुला गरिएका नयाँ हिमाल हुन् ।

त्यसैगरी लोमन्थाङ गाउँपालिका-१ मा अवस्थित नेपाल–चीन सीमावर्ती दामोदरकुण्ड हिमशृंखलामा पर्ने यारसाङ खाङ, लुनाधार खाङ तथा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने धौलागिरि हिमशृंखला अन्तर्गतको मुस्ताङ र डोल्पा जिल्लाको सीमावर्ती होङ्दे पश्चिम पनि यसै पटकबाट आरोहण खुला गरिएका हिमाल हुन् ।

सरकारले चीनको स्वशासित क्षेत्र तिब्बत सीमावर्ती उपल्लो मुस्ताङलाई सुरक्षा संवेदनशीलताको कारण देखाएर निषेधित क्षेत्र तोकेको छ ।


Image

घनश्याम खड्का

खड्का म्याग्दीका कान्तिपुर टीभी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement