फरार नाइजेरियन नागरिक ८ घण्टापछि पक्राउ

माघ ९, २०८१ |राजकुमार कार्की
फरार नाइजेरियन नागरिक ८ घण्टापछि पक्राउ

सिन्धुली । भोजपुरबाट काठमाडौं लैजाने क्रममा सिन्धुलीको गोलन्जोर गाउँपालिका- ७ खुर्कोटबाट शौचालय जाने भन्दै फरार भएका नाइजेरियन नागरिकलाई ८ घण्टापछि प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । अध्यागमन विभागको निर्देशनमा अवैध बसोवास गरेको भन्दै नाइजेरियन नागरिक वलुवासोगो ग्लोरी ओडेलाई पक्राउ गरेर प्रहरीले बीपी राजमार्ग हुँदै काठमाडौं लैजाँदै गर्दा मंगलबार साँझ शौचालय जाने भन्दै उनी फरार भएका थिए ।

सिन्धुली प्रहरीका प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेका अनुसार फुटबल खेलाडी रहेका ओडेलाइ घेराबन्दी गरेर गोलन्जोरकै बारा भन्ने स्थानबाट नियन्त्रणमा लिइएको हो । काठमाडौंबाट सर्लाही जाँदै गरेको प्रदेश२-०३-००१ज ००१४ नम्बरको गाडीमा उनलाई फेला परी पुनः नियन्त्रणमा लिइएको हो । हाल ओडेलाई अध्यागमनको जिम्मा लगाएको एसपी काफ्लेले बताउनुभयो ।


Image

राजकुमार कार्की

कार्की कान्तिपुर टेलिभिजनका सिन्धुली संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement