सूचना प्रविधि उद्यमी तथा विज्ञसँग बालुवाटारमा प्रधानमन्त्रीको छलफल

माघ ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सूचना प्रविधि उद्यमी तथा विज्ञसँग बालुवाटारमा प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताउनुभएको छ । 

प्रधानमन्त्री निवास, बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको दाबी गर्नुभयो ।

कार्यक्रममा उद्यमीहरूले हालै सरकारले ल्याएको अध्यादेशमा नेपालीले सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न नसक्ने र लगानी स्वदेश र विदेशमा आदानप्रदान हुने खालका सकजीकरणका व्यवस्थाले आफूहरुलाई उत्साहित तुल्याएको भन्दै सरकारलाई धन्यवाद दिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement