उर्जामन्त्री खड्कामाथि मन्त्रालयमै आक्रमणको प्रयास

माघ ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
उर्जामन्त्री खड्कामाथि मन्त्रालयमै आक्रमणको प्रयास

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कामाथि आक्रमणको प्रयास भएको छ ।

मन्त्री खड्कामाथि केहि दिनअघि सिंहदरबार स्थित उर्जा मन्त्रालयमै आक्रमणको प्रयास भएको हो । बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा आज भएको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा खड्काले आफुमाथि मन्त्रालयमै आक्रमणको प्रयास भएको बताउनुभएको थियो ।

केही दिन अगाडि मन्त्रालयबाट बाहिरिने क्रममा आफूमाथि आक्रमणको प्रयास भएको भन्दै मन्त्री खड्काले गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । ‘उहाँले जानकारी गराएपछि गृहमन्त्री रमेश लेखकले आफूलाई किन जानकारी नदिएको भन्दै प्रतिप्रश्न गर्नुभयो, मन्त्री ज्यूले प्रहरीलाई भनेको भनेर जवाफ दिनुभयो,’ बैठकमा सहभागी एक नेताले भन्नुभयो ।

मन्त्री खड्काले आफूले घटनालाई सामान्य रुपमा लिँदै हातपातको प्रयास गर्ने व्यक्तिलाई छाड्न पनि भनिसकेको बताउनुभएको थियो । ती व्यक्ति छुटेको जानकारी समेत दिनुभएका खड्काले आक्रमण प्रयास गर्ने व्यक्तिको पहिचान भने नखुलाएको बैठकमा सामेल एक नेताले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement