काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको दाबी गर्नुभएको छ ।
डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपालले बिहीबार लतिपुरमा आयोजना गरेको ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले अबको एक वर्षभित्र शतप्रतिशत नागरिकमा आधारभूत खानेपानी पुर्याइसक्ने बताउनुभयो ।
उहाँले अहिले २७ प्रतिशत नागरिकले मात्र शुद्ध खानेपानी पिउन पाएको उल्लेख गर्दै एक वर्षभित्र ५७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउने गरी काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरलाई स्मार्ट सिटी बनाउने गरी काम भइरहेको बताउनुभयो । ललितपुर महानगरभित्र खुला ठाउँ नभएको कारण केही समस्या भइरहेको भन्दै उहाँले अब महानगरको जग्गा कसैलाई नदिने बताउनुभयो ।
कार्यक्रममा सरोकारवालाहरुले भूकम्पबाट जोगिन सुरक्षित पुर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताएका थिए ।