राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न राज्य व्यवस्था समितिले गृहमन्त्रीलाई बोलायो

माघ ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न राज्य व्यवस्था समितिले गृहमन्त्रीलाई बोलायो

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएको छ ।

बिहीबार बसेको समितिको बैठकले शुक्रबार बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न समितिमा बोलाएको हो ।

बैठकमा समिति सभापति रामहरि खतिवडाले शुक्रबार गृहमन्त्री रमेश लेखकलाई राष्ट्रिय परिचयपत्रको बारेमा छलफल गर्न बोलाउने निर्णय भएको बताउनु भयो । ‘राष्ट्रिय परिचयपत्रको बारेमा छलफल गर्न भोलि गृहमन्त्रालयलाई बोलाएका छौँ,’ खतिवडाले भन्नुभयो ।

अर्को बैठक शुक्रवार मध्यान्ह साढे १२ बजे बस्ने जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement