काठमाडौं । माघे संक्रान्तिमा खाने प्रमुख परिकार चाकुको परम्परा र संस्कृतिसँग प्रगाढ सम्बन्ध छ । विशेषगरि उपत्यकाका नेवार समुदायका केही परम्परामा चाकु प्रत्यक्ष रुपमा जोडिएको छ । चाकुले शरीर तातो राख्न मद्दत गर्छ । माघे संक्रान्ति मध्यहिउँदमा पर्ने भएकाले चिसोबाट जोगाउन चाकु खाने प्रचलन सुरु गरिएको हुन सक्ने संस्कृतिकर्मीहरुको भनाइ छ । यो बेला चाकुको माग बढ्ने भएकाले आजकाल उद्योगीहरुले ब्राण्डिङ गरेर चाकु बेच्ने गरेका छन् ।
विस्तृत भिडियो रिपोर्टमा हेर्नुहोस :