विनयी खोलाको पुल भाँचिएपछि ठप्प पूर्वपश्चिम राजमार्ग वैकल्पिक मार्गबाट सञ्चालन

पुस २७, २०८१ |नवीन पौडेल
विनयी खोलाको पुल भाँचिएपछि ठप्प पूर्वपश्चिम राजमार्ग वैकल्पिक मार्गबाट सञ्चालन

पूर्वीनवलपरासी विनयी खोलाको पुल भाँचिएपछि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालनमा आएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वीनवलपरासीको दुम्किवासमा वैकल्पिक मार्ग र डाइभर्सनमार्फत शुक्रबार रातिदेखि यातायात सञ्चालनमा ल्याइएको हो ।

पुल भाँचिएपछि रोकिएका सवारीलाई विनयी त्रिवेणी गाउँपालिका २ को ज्यामिरेबाट उत्तरतर्फको सडकमार्फत त्रिवेणी क्रसर , सिजी चोक हुँदै चलाएर यातायात सुचारू गराइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख जनक बन्जराका अनुसार यात्रुवाहक बसलाई वैकल्पिक मार्ग हुँदै सञ्चालन गरिएको र पुल नजिकैबाट आज डाइभर्सन बनाएर यातायात थप सहज गराउने प्रयास गरिरहेको भइरहेको उहाँले बताउनुभयो ।

अत्यधिक भार बोकेको भारतीय ट्रकले हिजो दिउँसो ठक्कर दिँदा विनयी खोलाको पुल भाँच्चिएको थियो । पुलमा क्षति भएपछि हिँजो दिउँसोदेखि सवारी आवागमन अवरुद्ध भएको थियो ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement