अर्को वर्षदेखि चस्मामा भ्याट र भन्सार लिँदैनौं : स्वास्थ्यमन्त्री पौडेल

पुस २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
अर्को वर्षदेखि चस्मामा भ्याट र भन्सार लिँदैनौं : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखा दृष्टिका लागि प्रयोग हुने चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रीय सभाको उद्घाटन गर्दै चस्मा फेसन र आँखाको दृष्टिका लागि गरी दुई किसिमको हुने र दृष्टिसँग सम्बन्धित चस्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आगामी वर्षदेखि गर्ने उहाँले घोषणा गर्नुभएको हो ।

उहाँले उपचारात्मक सन्दर्भमा बाहिरबाट आउने सहयोग र किनेर ल्याउने सामग्रीहरूको भन्सार छुट गर्ने व्यवस्था रहेको बताउनुभयो । आँखाको उपचार सम्बन्धी उपकरण थप गर्ने र भौतिक पूर्वाधार व्यवस्थित गर्ने सन्दर्भमा सबै मिलेर काम गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चस्मा दुई प्रकारको हुन्छ । एउटा फेसनसँग जोडिएको हुन्छ । अर्को आँखासँग जोडिएको हुन्छ । आँखासँग जोडिएको उपचारको कक्षसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था हामीले आगामी वर्ष गर्नेछौं । अरू पनि उपचारात्मक सन्दर्भमा जति पनि सामानहरू बाहरिबाट किनेर ल्याउँछौं, सहयोगबाट पनि ल्याउँछौं, त्यस्ता सामानमा भन्सार छुट गर्ने व्यवस्था छ ।”

मन्त्री पौडेलले आँखा उपचारका लागि नीतिगत क्षेत्रको सुधार गर्न सरकार तयार रहेको पनि बताउनुभयो । उहाँले आँखा उपचारका लागि नीतिगत पक्षबाट प्रभावकारी बनाउन सरकार लागिपरेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement