काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले निगमले त्यही अनुसार बुधबारबाट लागू हुने गरी मूल्य बढाएको हो ।
जस अनुसार पेट्रोलमा पहिलेभन्दा प्रतिलिटर एक रुपैयाँ बढाइएको छ भने डिजेलमा दुई रुपैयाँ बढाइएको छ । नयाँ मूल्य अनुसार पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज) मा पेट्रोलको नयाँ मूल्य १६०.५० रुपैयाँ प्रतिलिटर कायम भएको छ । दोस्रो वर्ग सुर्खेत र दाङमा १६२ रुपैयाँ तथा तेस्रो वर्ग काठमाडौं, पोखरा र दीपायलमा प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ ।