काठमाडौं । लोकसेवा आयोगले कर्मचारीको पटकपटकको सरुवाले प्रशासनिक काममा समस्या आएको जनाएको छ । दुई-तीन महिनामै कर्मचारीको सरुवा हुँदा प्रशासनिक काममा समस्या आएको भन्दै आयोगले प्रतिनिधि सभाको राज्यव्यवस्था समितिलाई कर्मचारी सरुवाका सम्बन्धमा सुझाव समेत दिएको छ ।
आयोगले सचिवलाई एक वर्ष, सहसचिवलाई दुई वर्ष र उपसचिवलाई तीन वर्षमा मात्र सरुवा गर्ने गरी कानुनी व्यवस्था गर्न सुझाव दिएको छ । यस्तै, शाखा अधिकृतलाई चार र अन्यलाई पाँच वर्षमा मात्र सरुवा गर्ने व्यवस्था गर्न आयोगले सुझाएको छ ।
सहायक तह र अधिकृत तहमा पनि एक-एक पटक मात्रै समावेशीतर्फ अवसर दिनुपर्ने आयोगको सुझाव छ ।