जीपी फाउन्डेशन अमेरिका च्याप्टरको अध्यक्षमा पुनः सोमनाथ घिमिरे नियुक्त

पुस १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
जीपी फाउन्डेशन अमेरिका च्याप्टरको अध्यक्षमा पुनः सोमनाथ घिमिरे नियुक्त

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउन्डेशन (जिपी फाउन्डेशन) अमेरिका च्याप्टरको अध्यक्षमा पुनः सोमनाथ घिमिरे नियुक्त हुनुभएको छ । 

फाउन्डेशनकी संस्थापक केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले अमेरिका च्याप्टरको विधान बमोजिम घिमिरेलाई अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त गर्नुभएको हो ।

गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टरमा घिमिरेको नेतृत्वमा नॅंया कार्यसमिति २०२५-२०२८ को कार्यकालमा उपाध्यक्षमा सुवर्ण लामा, महासचिवमा छिरिङ राप्के लामा, कोषाध्यक्षमा रेखा श्रेष्ठ, सदस्यहरुमा धुर्व कुँवरक्षेत्री, रामचन्द्र अधिकारी, सूर्य सिंखडा, राजेश आर्चाय, प्रेम अधिकारी क्षेत्री, प्रेमदिकी शेर्पा, फुदोमा शेर्पा, हिरा तामाङ, पासाङ एस गोर्पामा चयन हुनुभएको छ भने अधिवक्ता गिरीजा गौतम फाउन्डेशन अमेरिकाका कानूनी सल्लाहकार रहनुभएको छ ।

सामाजिक सेवामा सक्रियतापूर्वक काम गरिरहेको फाउन्डेशनलाई अमेरिकामा प्रतिष्ठित संस्थाको रुपमा हेरिन्छ ।

फाउन्डेशनले अमेरिकामा डेमोक्रेसी, शान्ति र विकासलाई मुल मन्त्र मानेर काम गरिरहेको अध्यक्ष सोमनाथ घिमिरेले बताउनुभयो । 'अमेरिकादेखि नेपालसम्म हामीले गिरीजा बाबुको मुल मन्त्र "सहमती, सहकार्य र एकता" लाई मानेर सामाजिक कामहरु गरिरहेका छौं,'उहाँले भन्नुभयो, 'आगामी दिनमा अझै यसलाई विस्तार गर्नेछौं र सेवा नै धर्म हो।'

नेपालका पूर्वप्रधानमन्त्री एवं नेपाल कांग्रेसका पूर्वसभापति रहेका स्वर्गीय गिरिजाप्रसाद कोइरालाको निधनपछि यो फाउन्डेशन पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सन् २०११ मा स्थापना गर्नु भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement