ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको कावेली नदी माथिको बेलिब्रिज ओलाङ्चुङ्गोला जोड्ने सडकको सुकेपानीमा सारिने भएको छ ।
२०५६ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेको उक्त पुलको विकल्पमा पक्की पुल बनेपछि सार्न लागिएको हो । उत्तर-दक्षिण सडक आयोजना कार्यालयका अनुसार यसै आर्थिक वर्षमा सकिने गरी पुल सार्ने तयारी छ ।
तमोर नदीमा लगाउने पुलले चिनसँगको सिमाना टिपताला भञ्ज्याङलाई सडक सञ्जालले नियमित जोड्न मद्दत गर्नेछ । पक्की पुल होचो बनाएको र बाढीले बगाउन सक्ने भएकाले तत्काल पुल नसार्न पनि स्थानीयले भने दबाब दिँदै आएका छन् ।