जाडो बढेपछि तातोपानी कुण्डमा नुहाउनेको भीड

पुस ११, २०८१ |राजबहादुर शाही
जाडो बढेपछि तातोपानी कुण्डमा नुहाउनेको भीड

मुगु । कर्णाली नदी किनारमा रहेका तातोपानी कुण्डमा नुहाउन स्थानीयको भीड लाग्न थालेको छ । गर्मी याममा प्रायः सुनसान हुने भए पनि जाडो बढेपछि घरका धारादेखि खोलाको पानीसम्म जमेर नुहाउन तथा कपडा धुन कठिन हुन थालेपछि स्थानीयहरू तातोतानी कुण्डमा जान थालेका हुन् ।

छायाँनाथ रारा नगरपालिकाको रुगा भुसेकुना र सोरु गाउँपालिकाको जिमा कुलाहा र हुम्ला सर्केगार्ड गाउँपालिको हुम्ला चंखेली गाउँपालिकाको सरिसल्ला तातोपानी कुण्डमा नुहाउन महिला, पुरुष, बुढापाका, युवा, सबैको घुइँचो लाग्ने गरेको छ ।

जमिनमुनिबाट निस्कने बाफिलो र नुनिलो तातोपानीमा नुहाउँदा शरीर दुख्ने, शरीर चिल्याउने, अनुहारमा देखा पर्ने दाद लगायत रोगहरू निको हुने विश्वास स्थानीयको छ ।

विशेष गरी पुस र माघ महिनामा तातोपानी कुण्डमा मानवीय चहलपहल बढी हुने सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताउनुभयो । सोरु गाउँपालिकाको जिमा कुलाहा तातोपानी कुण्डमा नुहाउन नार्थपु, कालै, रारा, सिप, धैनकोट, पुरुमुरु, सिप ख्याल्च, रारा गिलाहा लगायत बस्तीबाट मानिसहरूको घुइँचो लाग्छ ।

तातोपानीमा नुहाउन जम्मा भएका स्थानीयले देउडा खेलेर रमाइलो समेत गर्ने गरेका छन् ।


Image

राजबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका मुगु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement