उदयपुरमा एक वर्षमा मानवअधिकार उलङ्घनका ७ सय ४४ घटना

पुस १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
उदयपुरमा एक वर्षमा मानवअधिकार उलङ्घनका ७ सय ४४ घटना

उदयपुर । उदयपुरमा बितेको एक वर्षमा मानवअधिकार उलङ्घन र ज्यादतीका ७ सय ४४ घटना भएका छन् ।

मानवअधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आज सार्वजनिक गरेको अभिलेखअनुसार सन् २०२४ मा घरेलु हिंसा ५ सय ३६, बालिका बलात्कार प्रयास तथा यौनजन्य दुर्व्यवहारका ७२ र बहुविवाहका १८ घटना रहेका छन् ।

त्यस्तै हत्या, हत्या प्रयास र अङ्गभङ्ग ३१, कुटपिट २८, बालविवाह १४ र मानवबेचविखन तथा अपहरणका ९ वटा घटना रहेको इन्सेक उदयपुरले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.