पाकिस्तानले अफगानिस्तानमाथि हवाई आक्रमण गर्दा ४६ जनाको मृत्यु

पुस १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाकिस्तानले अफगानिस्तानमाथि हवाई आक्रमण गर्दा ४६ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानले अफगानिस्तानका विभिन्न स्थानमा गरेको हवाई आक्रमणमा ४६ जनाको मृत्यु भएको छ । पाकिस्तानी तालिवानका संदिग्धहरु लुकेर बसेको अफगानी भूमिका चार ठाउँमा पाकिस्तानले आक्रमण गरेको हो ।

पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानको पक्तिका प्रान्तको पहाडी क्षेत्रमा सेनाले हवाई आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकांश स्थानीय, बालबालिका र वजिरिस्तानका शरणार्थी छन् । पाकिस्तानी तालिबान अर्थात् तेहरिक–ए–तालिबान पाकिस्तानको तालिम केन्द्र हमलामा गरी ध्वस्त पारिएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । गत मार्च यता पाकिस्तानले दोस्रो पटक अफगानिस्तानको भूमिमा आक्रमण गरेको हो ।

तालिबान नियन्त्रित अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानी हवाई आक्रमणलाई अन्तर्राष्ट्रिय नियमको उल्लंघन भन्दै आपत्ति जनाएको छ । अफगानिस्तानले आफ्नो सार्वभौम क्षेत्रमा भएको आक्रमणको उचित जवाफ दिने चेतावनी दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement