ताप्लेजुङको तमोर नदीमा परीक्षणका लागि र्‍याफ्टिङ गराइयो

पुस १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
 ताप्लेजुङको तमोर नदीमा परीक्षणका लागि र्‍याफ्टिङ गराइयो

ताप्लेजुङ । व्यवसायिक सञ्चालन परीक्षणका लागि ताप्लेजुङको तमोर नदीमा र्‍याफ्टिङ गराइएको छ ।

पुसे मेला आयोजक समितिले १ लाख ७५ हजार रुपैयाँ खर्च गरेर धरानबाट उपकरणसहितको प्राविधिक टोली लगेर र्‍याफ्टिङ गराएको हो । तमोर नदीमा पनि र्‍याफ्टिङ गर्न सकिन्छ भनेर व्यवसायिक जागरुकता ल्याउने तथा स्थानीय नागरिकलाई उत्साहित बनाउन र्‍याफटिङ गराइएको पुसे मेला आयोजक समितिका अध्यक्ष हेम श्रेष्ठले बताउनुभयो ।

तमोरको दगुर्नेदेखि दोभानसम्म गराइएको र्‍याफ्टिङमा महिला तथा पुरुषका एक दर्जनभन्दा बढी समूह सहभागी भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.