पण्डितपुरमा बुद्धकालीन शहरको संरचना

पुस १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
पण्डितपुरमा बुद्धकालीन शहरको संरचना

पश्चिम नवलपरासी । जिल्लाको रामग्राम नगरपालिका-१८ पण्डितपुरमा गरिएको उत्खननमा त्यहाँ बुद्धकालीन शहरको संरचना भएको पुष्टि भएको छ । प्राचीन कोलीय गणराज्यको महत्त्वपूर्ण शहर मानिएको पण्डितपुरमा पुरातत्त्व विभागले तीन हप्तासम्म गरेको उत्खननमा बुद्धकालीन संरचना प्रमाणित भएका हुन् ।

जियोफिजिक्स सर्भेका क्रममा देखिएको संरचना उत्खनन गर्दा बुद्धकालीन प्रमाण भेटिएका हुन् ।

उत्खननका क्रममा प्राचीन भाँडाकुँडा, जनावरका मूर्ति, गरगहना, पर्खाल लगायतका सामग्री फेला परेका छन् । बुद्धकालदेखि मुगलकालसम्मको विविधता पण्डितपुरमा भेटिएको छ । छैटौं शताब्दीका संरचना भेटिएकाले यो निकै प्राचीन बस्ती भएको पुरातत्त्व विभागको निष्कर्ष छ ।

झन्डै ६२ बिघा क्षेत्रफलमा फैलिएको पण्डितपुर कोलीय गणराज्यको राजधानीको रूपमा दाबी गरिको छ । उक्त स्थल संरक्षणका लागि स्थानीय तह र प्रदेश सरकारले बजेट विनियोजन गरेको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.